|  

नेपालका तीन खेलाडीले ग्लोबल टी-२० लिग खेल्दै

०८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडीले ग्लोबल टी-२० लिग खेल्दैछन् ।

नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका हुन् । ग्लोबल टी-२० लिग आगामी जुलाईमा हुने छ । सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी-२० खेलेका थिए । रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।