|  

एकैगाउँका तीन किशोरी ४ दिनदेखि बेपत्ता

०८ असार, काठमाडौं । झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन किशोरीहरु बेपत्ता भएका छन् ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि उनीहरुको पत्ता लाग्न सकेको छैन् ।  तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । १३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता छन् ।  बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भए पनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको बताईएको छ ।

आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलिया सहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।