|  

संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिट्टै पूरा हुने पराराष्ट्रमन्त्री श्रेष्ठको आश्वासन

०८ असार, काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा हुने दाबी गरेका हुन्। उनले शान्ति प्रक्रिया नटुङगिएकाले अहिलेको परिवर्तन सहिद नै रहेको बताए । उनले भने,‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ। शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ।’

उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे। तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए। उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै तुलाधारले देखेका सपनाहरु पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए।