|  

बजेटप्रतिका गुनासा र त्रुटिलाई सुधार गरेर जाने प्रयत्न भइरहेको छःमन्त्री शर्मा

०८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन् ।

सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आज धनगढीमा पत्रकारसँग यस्तो बताएकी हुन् । उनले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताईन् । जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट भएको उनको दाबी छ ।

मन्त्री शर्माले बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताईन् । उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट पारिन् । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा ९माओवादी केन्द्र० सोच रहेको बताईन् ।