|  

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

९ असार, काठमाडौं ।  ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।

विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो ।