|  

आजको मौसमः  यी प्रदेशमा भारी वर्षाको सम्भावना

९ असार, काठमाडौं ।  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ ।

साथै देशका बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक  देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका  एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।