|  

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

९ असार, काठमाडौं । तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

रातिदेखि परेको पानीले पहिरो खस्दा सडक बन्द भएको हो । बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सडक अवरुद्ध भएपछि लमजुङबाट पोखरा, चितवन, भैरहवा र काठमाण्डौ आउनेजाने यात्रु र गाडी बाटोमै रोकिएका छन् ।