|  

जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृ#त्यु, ६ जना घाइते

९ असार, काठमाडौं । जाजरकोटमा भारी वर्षाका कारण खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

घाइतेको उद्धार भएको छ । शनिबार राति ११ बजे कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो ।

मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए । बाढीमा परी कुशे-४ तम्तीका राजेन्द्रबहादुर  शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे-१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् ।