|  

टी-२० विश्वकपः भारतसँग ५० रनले हार्‍यो बंगलादेश

९ असार, काठमाडौं । आइसिसी टी-२० विश्वकप सुपर आठको खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ ।

भारतले लगातार दोस्रो जित निकाल्दा बंगलादेशले लगातार दोस्रो पराजय भोगेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । जवाफमा बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो । बंगलादेशका लागि कप्तान नजमुल होसेन सान्तोषले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक तनजित हसनले २९ रन बनाउँदा लिटन दासले १३ रन बनाए ।

त्यस्तै, रिसद होसेनले २४ रन बनाए। भारतका लागि कुलदिप यादवले ३ विकेट लिँदा अर्सदीप सिंह र जसप्रित बुमराहले २/ २ विकेट लिए । थप एक विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दीक पाण्ड्याले ५० रनको अर्धशतकीय अविजित इनिङ खेले । त्यस्तै, ऋषभ पन्तले ३६ रन बनाउँदा विराट कोहलीले ३७ रन बनाए । त्यसअघि कप्तान रोहित शर्मा २३ रनमा आउट हुँदा शिवम् दुवेले ३४ रन बनाएका थिए ।

बंगलादेशका लागि रिसद होसेन र तनजिम हसन सकिबले समान २ / २ विकेट लिए । अर्को एक विकेट सकिब अल हसनले १ विकेट लिए । जितसँगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ भने बंगलादेश अन्तिम आठबाटै बाहिरिने निश्चितकरिब भएको छ । समूह ‘एक’ अन्तर्गत आइतबार ‍बिहान जारी खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएमा भारत र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउने छन्।