|  

अब एसइईका लागि छुट्टै क्यालेन्डर

९ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ ।

उक्त तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । यसअघि एसइई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो ।