|  

छाउगोठ भत्काउने अभियान फेरि सुरु

९ असार, काठमाडौं ।  अछाममा असार ३ गते एक १६ वर्षीया किशोरी छाउगोठमै बलात्कृत भएपछि छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले नगरपालिकाभित्रका सबै वडालाई छाउपडी कुप्रथाविरुद्धको अभियान सञ्चालन गर्नका लागि न्यायिक समितिबाट पत्राचार गरिएको बताइन् ।

चलाउनेले वडाहरूमा फेरि बनेका छाउगोठ कति छन् भनेर संख्या यकिन गरेर भत्काउने र सँगसँगै सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने भनेर पत्राचार गरेको बताइन् । उनले भनिन्, ‘छाउगोठमा निकै अप्रिय घटना घट्यो । यो घटनाले सबैलाई झस्काएको छ । नगरपालिकाको वडा नं ६ बाट गोठ भत्काउने अभियान सञ्चालन गरिएकोछ ।

वडामा करिब २५ / ३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको छ । शुक्रबार राति छाउ भएर गोठ बस्दै आएकी १५ वर्षकी किशोरीले गोठबाटै भागेर बालविवाह गरेको पाइएको छ ।