|  

एकैदिन २७ सय घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

९ असार, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आजतेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । यता चाँदी आज तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।