|  

विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैनः रक्षामन्त्री उप्रेती

०९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ ।’ यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए ।

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढेको बताए । राष्ट्रिय सुरक्षा परिषदका सम्बन्धमा विभिन्न किसिमका वक्तव्य दिनेहरुलाई नोटिसमा राख्ने गरी विधेयक बनाइएको पनि रक्षामन्त्री उप्रेतीले जानकारी दिए ।