|  

दक्षिण एसियाको विकासको लागि भारत बंगलादेश सम्बन्ध एक मोडेल

९ असार, काठमाडौं ।  विपिन देव - दक्षिण एसियामा भारत र बंगलादेश  द्रुत गतिले विकास गरिरहेका अर्थतन्त्रहरू हुन् । सन् २०४१ सम्म बंगलादेश स्र्माट बंगलादेश  बन्न राष्ट्रिय संकल्प लिएका छन् भने सन् २०४७ सम्मा भारत विकसित मुलुक बन्न दृढ संकल्पित छन् । दक्षिण एसियाली अर्थतन्त्र मध्ये श्रीलङ्का, पाकिस्तान र नेपाल समेत विकासको धाबक हुन सकेका छैन । यसको कारक तत्वहरू मध्ये राजनैतिक अस्थिरता नै हुन् । अपेक्षाकृत बंगलादेश  र भारतमा स्थितर सरकार रहेका छन् । 

भारत बंगलादेश  सम्बन्धलाई विष्लेशण गर्नु भन्दा पहिले प्रस्थान विन्दुको रूपमा वंगलादेशको राष्ट्रको रूपमा उदय हुन भारतको भुमिकालाई आलोकित गर्न उपयुक्त देखिन्छ । सन् १९४७ भन्त्दा पहिले भारत बंगलादेश  पाकिस्तान फरक फरक राष्ट्रका रूपमा थिएन । धर्मको आधारमा सन् १९४७ मा पाकिस्तानको जन्म भयो । सत्तरीको दशकमा पाकिस्तानमा भाषा आन्दोलनले चर्को  रूप लियो । अर्थात् वङगली समुदायले उर्दुलाई राष्ट्रिय भाषको रूपमा स्वीकार गर्न चाहेन । वर्तमान बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका पिता मजबुर रहममानका नेतृत्वमा भाषा आन्दोलनले राजनैतिक विद्रोहको रूपमा लियो भने पाकिस्तानी सैन्य शासकले विद्रोहलाई निस्तेज गर्न हरेक अमानविय हत्कण्डा अपनाएर आन्दोलनलाई निस्तेज गर्न कुनै कसर वॉकी राखेन । 

अमेरिका र चीन समेत पाकिस्तानको पक्षधर थियो । तत्कालीन समयमा भारतलाई इन्दिरा गान्धीको अब्वल नेतृत्व प्राप्त थियो । इन्दिरा गान्धीले मुक्ति वाहिनी सैन्य जथा परिचालित गर्दै विभन्स नरसंहारलाई रोक्दै पाकिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्दै स्वतन्त्र वङगलादेशको जन्म दिन धाई आमाको भुमिका खेल्न सफल भइन् । इतिहासको संकटपूर्ण घडीमा चीन र अमेरिकाले भारतलाई सैन्य कार्यवाही गर्न तम्तयार देखिएका थिए । अमेरिकी राष्ट्रपति निम्सनले अमेरिकी सामुद्रिक जहाज सेभेन फिलिट भारत माथि सैन्य कार्यवाही गर्न आदेश समेत दिइसकेका थिए । 

हिमाली भागवाट चीन समेत भारत माथि आक्रमण गर्न उकुसमुकुस भएका थिए । कूटनीति र सामरिक नीतिका चतुर खेलाडी इन्दिराले सन् १९७१ मा सोभीयत रूससंग शान्ती सम्झौत ागर्न वित्तिकै अमेरिका र चीनले आप्mनो नीतिमा परिर्वर्तन गरे । अर्थात् बंगलादेशको उदयमा भारतको भूमिका अहम रहेको देखिन्छ ।

वर्तमान परिवेशमा बंगलादेश  एक अब्वल अर्थतन्त्रको रूपमा उदय भइरहेको छ । विगत एक वर्षमा मोदी र शेख हसिनाले १० पटक वार्ता गरेका छन् । यी उदाहरणलाई समेत दौत्य सम्बन्धको सुन्दरताको रूपमा हेर्न सकिन्छ । बंगलादेश  र भारत विच १६ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । मोदीको तेस्रो कार्यकालको सबभन्दा पहिले राष्ट्रिय प्रमुख स्तरको पाहुनाको रूपमा शेख हसिना रहेकी छिन् । सन् २०२४ को २१ जुनदेखि २३ जुनसम्म शेख हसिना भारत भ्रमण गरेकी छिन् । उक्र दुई दिने भ्रमणका क्रममा उनी भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलमा नेता राहुल गान्धीसंग समेत वार्ता गरेकी छिन् । भारत र बंगलादेश  विच १० वटा महत्वपूर्ण सम्झौता भएका छन् । जसमध्ये डिजिटिल प्रविधि, हरित प्रविधी, स्पेश, विपत्त व्यवस्थापन, नदी नियन्त्रण, सुरक्षा लगायत अरु विषयहरू समेत समाहित रहेको छ । 

वास्तवमा भारत र बंगलादेशको दौत्य सम्बन्ध विकासमा विभिन्न आधारहरू छन् । भारतको एक्ट इस्ट पोलीसी, हिन्दमहासागरीय नीति, सागर भिजन, विमस्टेक, र छिमेकी नीतिका वङगलादेश साझेदार हुन् । मोदी र शेख हसिनाको अब्वल नेतृत्वले गर्दा भारत रबंगलादेश आफ्नो  सीमा सम्बन्धी विवादलाई समाधान गर्न सफल भएका छन् । विगत एक दशकमा नै भारत बंगलादेशको सहयोगको आदान प्रधानमा तीव्रता आएको छ । भारतीय सहयोगमा मोगला वन्दरगाहको निर्माण हुनु र त्यसलाई रेलवे लिंकबाट जोड्नु बंगलादेशको विकासको लागि कोशेढुङ्गा शिद्ध भएको छ । रेल नेटवर्कलाई विस्तार गर्न भारतले वङलादेशमा अखौंडा रेलवे समेत विस्तार गर्न सहयोग गरेका छन् । बंगलादेशको विकासको अवरोधको रूपमा विजुली संकट एक वाधक हु‘दै आएको छ । भारत सरकारको लगानीमा बंगलादेशमा र्थमल प्लान्टको सुरुवात भएको छ । 

उक्त थर्मल प्लान्टले १३२० मेगावाट विद्युत उत्पादन गरेर बंगलादेशलाई ठुलो राहत दिएको छ । नेपालवाट विद्युत आपुर्तीको लागि ट्रान्समिशन लायनको लागि समेत भारतले बंगलादेशलाई सहयोग गरेको छ । भारत बंगलादेश विच इन्धन ढुवानीको लागि पाइप ल्यानको समेत विस्तार भएको छ । भारत र बंगलादेश  ५४ वटा नदीले जोडिएको छ । यी ५४ वटा नदीको व्यवस्थापनका लागि समेत भारत र बंगलादेश  सहमत भएका छन् । सन् १९९६ मा गंगा नदीको पानी वाडफाटको लागि भारत र बंगलादेश विच सम्झौता भएको थियो । सो सम्झौतालाई समय सापेक्ष परिमार्जित गर्न बंगलादेशले समय समयमा कूटनीतिक संयन्त्रको माधयमबाट प्रश्न उठाइरहेको छ । हालै शेख हसिना र मोदी विचको वार्ताका फलस्वरुप दुईवटै राष्ट्रहरूले सो सम्झौतालाई समय सापेक्ष परिस्कृत गर्न सहमत भएका छन् । बंगलादेशीहरू उपचारका लागि भारत आउने गर्दछन् । 

भारत सरकारले उपचारकाल लागि आउने बंगलादेशीहरू विषेश किसिमको ई भिषा उपलब्ध गराउने सहमति गरेका छन् । यी सकारात्मक पष वाहेक भारत बंगलादेशमा सम्बन्ध विच केही चूनौतीहरू समेत छन् । वङगलादेशमा हिन्दुहरू माथि भइरहेको हमला प्रति भारतीय जनता पार्टी लगायत हिन्दुवादी संगठनहरू आपत्ति प्रकट गर्दै आएको छ । हिन्दुहरूको जनसंख्या वङगलादेशमा दिन प्रति दिन कम भइरहेको छ । वङगलादेशमा प्रधानमन्त्रीले हिन्दुहरूलाई संरक्षण गर्ने वचनवद्धता प्रकट गरेकी छिन् । भारतसंग सुमधुर भारत पनि चीन वङगलादेशको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । 

बंगलादेशलाई सबभन्दा अधिक सैन्य उपकरण उपलब्ध गराउने चीन नै रहेको छ । वङगलादेशलाई चीनले समरीण समेत उपलब्ध गराएको छ । भारत लगतै शेख हसिनाको चीन यात्राको कार्यक्रम रहेको छ । वङगलादेशले एकातर्फ भारतसंग हिन्दमहासागरीय क्षेत्रमा सम्झौता गरेका छन् भने चीनसंग समेत वि.आर.आए.मा सम्झौता गरेका छन् । चीनिया प्रभावलाई न्यूनीकरण गर्न भारतले वङगलादेशमा सरक्षा उपकरणका कारखाना समेत खोल्न सम्झौता गरेका छन् । वङगलादेशका लागि भारत सबभ्नदा ठुलो बजार रहेको छ । दक्षिण एसियाको भुगोलले गर्दा भारतलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरेको खण्डमा नै साना मुलुकहरू प्रगतिमा धावक हुन सक्दछ । दक्षिण एसियाली मुलुकहरूले भारतको बजार र प्रविधिलाई आफ्नो राष्ट्रिउ हितमा प्रयोग नगरेको खण्डमा विकास र प्रगतिको पक्षमा अगाडी बढ्न कठिन हुनेछ ।