|  

कलेजको पढाई पूरा हुने बित्तिकै गैर अमेरिकीलाई  ग्रीन कार्ड दिइनु पर्ने ट्रम्पको माग

०९ असार, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कलेजको पढाई पूरा हुने बित्तिकै गैर अमेरिकीहरूलाई अमेरिकामा बस्न र काम गर्न ग्रीन कार्ड दिइनु पर्ने बताएका छन् ।

एक पोडकाष्टमा उनले कलेजको पढाई पूरा हुने बित्तिकै उनीहरूले स्वतः ग्रिन कार्ड पाउने व्यवस्था गरिनु पर्ने बताएका हुन् । अमेरिकामा बसेर पढ्ने अनि स्वदेश फर्केर अरबपति बन्ने भन्दै स्वदेश फर्किन नदिन यस्तो कदम चाल्नु पर्ने ट्रम्पको भनाई छ । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तोमा त्यहाँ यति बेला आप्रवासन र अवैध आप्रवासीको मुद्दा तात्तातो विषय बनेको छ । ट्रम्पले सधैँ योग्यतामा आधारित कानुनी आप्रवासन प्रणालीको समर्थन गरेका छन् । ट्रम्पले सन् २०१६ को चुनावी अभियानमा पनि यस्तै भनेका थिए । तर चुनाव जितिसकेपछि उनले गैरकानूनी आप्रवासनमा कडाइ गर्ने काम मात्रै गरेको आरोप लाग्ने गरेको छ ।