|  

प्रधानमन्त्री र गृहमन्त्रीका कुरामा कुनैपनि सत्यता छैनः डा. महत

०९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेले बोलेका कुराहरू अहिलेसम्म कुनैपनि दिगो र सत्य नभएको बताएका छन् ।

आज संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्री कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाए । उनले जिबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भएपनि हालसम्म पक्राउ गर्न नसकेको बताए। उनले जिबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए।
कुरा बढी, काम उल्टो छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए।