|  

विवाह बन्धनमा बाँधिइन् सोनाक्षी

१० असार,काठमाडौं ।बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले विवाह गरेका छन् । कानुनी विवाह गरेपछि जोडीले भने, ‘अब हामी श्रीमान्-श्रीमती हौँ ।’

सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका थिए । सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्र सहभागी थिए ।

विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका थिए जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो ।