|  

टी-२० विश्वकपमा आज राति बलियाे टाेली भारत र अस्ट्रेलियाकाे भिडन्त

१० असार, काठमाडौं । आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा आज राति भारत र अस्ट्रेलिया भिड्दैछन् ।

सुपर ८ मा समूह १ अन्तर्गत भारत र अस्ट्रेलियाबीच खेल हुन लागेको हो । खेल नेपाली समयअनुसार आज राति सवा ८ बजेबाट सुरु हुने तालिका रहेको छ । आज रातिको खेलमा जित हात पारे भारत समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ । भारतले अघिल्ला दुवै खेलमा जित हात पारिसकेको छ ।

यता सेमिफाइनलको यात्रा तय गर्न अस्ट्रेलियाले भारतलाई पराजित गर्नुका साथै अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्नेछ । किनभने अस्ट्रेलिया र अफगानिस्तानले समान १-१ खेलमा जित हात पारेका छन् । बंगलादेशले भने दुवै खेलमा पराजय भोगेको छ ।