|  

सामान्य अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब बढी

१० असार, काठमाडौं । नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ । 

नेप्से  ३.२१  अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समुहमा झुमिएका लागनीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ । 

आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आर्कषण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । आज बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ । 

आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।