|  

रमेश लेखकले दिए प्रचण्डलाई जादुगरकाे संज्ञा

१० असार, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशलाई राम्रो प्रधानमन्त्री चाहिएको भएप्नि प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलको संख्यामा जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरेका हुन् । उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए। उनले अहिले पनि धेरै चुनौतीहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए। उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए।