|  

दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागीः २० जनाको मृ#त्यु

१० असार, काठमाडौं । दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी भएको छ । आगलागीमा परी २० जना आप्रवासी कामदारको ज्यान गएको दक्षिण कोरियाली मिडियाहरुले जनाएका छन् ।

ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा आज आगलागी हुँदा केही कामदार घाइते पनि भएका छन्। मृतक तथा घाइते सबैको राष्ट्रियता पहिचान भइसकेको छैन । त्यहाँ ज्यान गुमाउनेमा अधिकांश चिनियाँ श्रमिक भएको उल्लेख गरिएको छ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासकी श्रम काउन्सिलर चन्द्रकला वलीले उक्त घटनामा नेपाली श्रमिकहरू परेको वा नपरेको पुष्टि नभएको बताइन्। उनले भनिन,‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोही पनि नेपाली त्यहाँ परेको खवर छैन । उद्धार कार्य जारी भएकाले हामी जानकारी लिइरहेका छौं।’