|  

नेपाली सेनाका नव नियुक्त ६१ जना अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

१० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ५ जना, लेखा उपसेनानी ६ जना र प्राविधिक उपसेनानी ५० जना गरी ६१ जना अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।