|  

राष्ट्रियसभामा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक’ पेस

१० असार, काठमाडौं । राष्ट्रियसभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरेकी छन् ।

सभाको आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गरेकी हुन् । साथै बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक यही असार १३ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने भनिएको छ ।