|  

अमेरिकाको जंगलमा हराएका ब्यक्ति १० दिनपछि फेला

१० असार, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा १० दिनदेखि हराएका एक ब्यक्ति भेटिएका छन् ।

क्यालिफोर्निया प्रहरीका अनुसार जंगलको बीचमा एउटा ड्रोनको सहयोगमा उनलाई भेटाइएको हो । उनी माटोले ढाकिएको र निकै कमजोर अवस्थामा फेला परेका थिए । जुन ११ मा सान्ता क्रुज पहाडमा ३४ वर्षीय लुकास म्याक्लिस घुम्न गएका थिए । त्यस दिन उनी तीन घण्टाका लागि हाइकिङमा निस्किएका थिए । तर, फर्किने क्रममा उनी जंगलमा हराएका थिए । म्याक्लिससँग केही जामुन र चार लिटर पानी थियो । यसैको सहयोगमा उनी १० दिनसम्म बाँचेको बताइएको छ। लुकास म्याक्लिसलाई खोज्न प्रहरीले ३०० जनाको विशेष उद्धार अभियान सुरु गरेको थियो । उनलाई खोज्न प्रहरी र वन विभागले २६ सय वर्ग किलोमिटर जंगलमा ड्रोनमार्फत खोजी गरेका थिए ।

यसैबीच, म्याक्लिसले आफुले जुत्तामा पानी जम्मा गरेर पिएको बताउँदै जंगलमा भएको आगलागीका कारण आफु हराएको प्रतिक्रिया दिएका छन् ।