|  

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्न-‘सत्ता ठूलो कि मुलुक ?’

१० असार, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य कमला पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा बढी केन्द्रित भएको आरोप लगाएकी छन् ।

आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले गृहमन्त्री रवि लामिछानेमाथि अभियोग लाग्दा समेत संरक्षण गरेको राखेको बताइन । उनले छानबिनका लागि प्रक्रियामा गएका व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोजेको भन्दै प्रश्न गर्दै भनेकी छन्,‘ म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु– यहाँबाट निकाल्न सकिँदैन ? अभियोग यस्तो लाग्यो, राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै उपप्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नु हुन्न ? केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई ? सत्ता नै ठूलो कुरा हो ? आउनुस् न, अर्कोचोटि बहुमत प्राप्त गरेर आउनुस् । सत्ता ठूलो कि मुलुक ?’

गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका निम्ति संसदीय छानबिन समिति बनाइँदा समेत नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनले असन्तुष्टि जनाइन ।