|  

सरकार र आन्दोलनरत कर्मचारीबीच ७ बुँदे सहमति 

१० असार, काठमाडौं । आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।