|  

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

१० असार, काठमाडौं । ‘लिटिल बुद्ध’का नामले चर्चित रामबहादुर बम्जन बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ । 

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । 

बम्जन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीलाई हैरान परेको थियो ।