|  

पाठेघर खस्नेको निःशुल्क उपचार

११ असार, काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले मङ्गलबारबाट शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक डा शारीका गोइतले पाठेघर समस्याबाट पीडित महिलाको उपचार तथा शल्यक्रियाका लागि शिविर आयोजना गर्न लागेको जानकारी दिए । अझै पनि विकट गाउँघरमा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् ।

कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन् । आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्श दिन शिविर आयोजना गर्दैछौँ।बिरामीको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा शारीका गोइत र तेजशङ्कर यादवको टिमले गर्नेछ ।