|  

महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

१२ असार, काठमाडौं ।  एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो ।

समूह ‘ए’मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी-२० महिला एशिया कप खेलेको थियो ।