|  

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

१२ असार, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।