|  

नेप्सेमा पहिरो

१० फागुन, काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजारमा दोहारो अंकले पहिरो गएको छ । आज नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा पुगेको छ । नेप्से १.२४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको छ । प्रिसेसनमा २५.५२ अंकले बढेको सेयर बजारमा बिक्रेताको चाप बढेसँगै नेप्से परिसूचकमा गिरावट आएको हो । 

कुल २ सय ७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज दोहोरो अंकले बजार घटेपनि ८ कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ ।

आज आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९।६७, सनराइज फस्ट म्युचुअल ९।५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ ।