१३ असार, काठमाठौं । अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ प्रदर्शनमा आएको छ ।
यो फिल्म आजदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको हो। नेपालमा पनि बिहीबारदेखि नै फिल्म प्रदर्शनमा आएको छ ।
नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्मको कथा इन्डियन माइथोलोजीबारेमा छ।