|  

अहिलेको व्यवस्था प्राप्तिको लागि साहित्यिक पत्रकारीताको भुमिका महत्वपुर्ण

१३ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको व्यवस्था प्राप्तिको लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक पत्रकारीताको पनि महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।

आज काठमाडौंमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मन्त्री शर्माले देशको व्यवस्था परिवर्तन भएतापनि आचरणमा परिवर्तन,संस्कार र संस्कृति भने परिवर्तन गर्न नसकेको गुनासो गरिन्।

आशा भरोसा गरेको व्यक्तिबाट आचरणमा, संस्कार र संस्कृतिमा परिवर्तन गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषय खोज र अनुसन्धान कै विषय बनेको उनको भनाइ छ।