|  

अध्यक्षमा मेरो दाबी जारी छ : झलनाथ खनाल

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा आफ्नो दाबी जारी रहेको बताएका छन् । बिहीबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

बुधबारमात्र अध्यक्षको दाबी छाडेका भनिएका सम्मानीत नेता झलनाथ खनालले आफ्नो दाबी कायमै रहेको बताएका छन् ।

अध्यक्षबारे पार्टीमा छलफल भइरहेको र सहमति हुन बाँकी रहेको खनालले जानकारी दिए । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए ।

अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने हिजोको भेटमा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘होइन। मेरो दाबी जारी छ।’