|  

दीपेन्द्रकी बहिनी राजमती महिला राष्ट्रिय टोलीमा, श्रीलंकामा एसिया कप खेल्ने

१३ असार, काठमाडौं । राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् ।

श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि घोषणा भएको इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीमा राजमतीले स्थान बनाएकी हुन ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने टोलीको बुधबार घोषणा गरेको हो ।

घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी युवा अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् ।

गत पुसमा भएको प्रधानमन्त्री कपमा उनले कर्णाली प्रदेशविरुद्ध ५५ बलमा ६७ रन जोडेकी थिइन् । गत महिना भएको ललितपुर मेयर्स कपमा सुदुरपश्चिम प्रदेशविरुद्ध उनले अर्धसतक प्रहार गरेकी थिइन् ।
२२ वर्षीय राजमतीले यसअघि अन्डर १९ टीमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।