|  

प्रमुख तीन दलका शीर्ष नेता बालुवाटारमा 

१३ असार, काठमाडौं ।  प्रमुख तीन दलका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । 

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ । 

बैठकमा  प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । 

छलफलमा टीआरसी विधेयकबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ ।