|  

नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा 

१३ असार, काठमाडौं । इन्ड्राइभले नेपालमा कुरियर सेवा पनि सुरु गरेको छ ।

इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले इन्ड्राइभले उचित मूल्यमा सवारी र डेलिभरी समेत प्रदान गर्ने जानकारी दिएकी हुन । उनले भनिन् “हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौं । हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौं । हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन्। हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । सन २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा, इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ । हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ताहरू र चालकहरूले हामीमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हामी हाम्रा सेवाहरू बृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौं ।’

नतालियाले नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित भएको बताइन । उनले 
नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सीटहरूबाट सुरक्षालाई प्राथमिकता दिने बताइन ।