|  

सर्च रिजल्टको स्क्रोललाई बन्द गर्दै गूगल 

१३ असार, काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो सर्च रिजल्टको स्क्रोललाई बन्द गर्न गइरहेको छ ।

गुगलले आफ्नो सर्च रिजल्टको स्क्रोललाई बन्द गर्न गइरहेको भएपनि यो पूर्ण रूपमा बन्द हुनेवाला छैन, बरु यसमा केही प्रतिबन्धहरू लगाइनेछन् । गूगल सर्च रिजल्टमा हाल लगातार सर्च गर्ने विकल्प उपलब्ध छ । जब हामी गुगलमा कुनै चीज सर्च गछौँ त्यसका रिजल्ट निरन्तर देखिइरहन्छन् र हामी स्क्रोल गर्दै जान्छौ । गुगल अब यही निरन्तर स्क्रोलिङ फिचरलाई बन्द गर्न गइरहेको हो ।

गुगलमा अब सर्च रिजल्टको पृष्ठ सानो हुनेवाला छ । गुगलले निरन्तर स्क्रोलको फिचर दुई वर्षअघि सुरू गरेको थियो । गुगलले भनेको छ कि कन्टिन्यूअस स्क्रोललाई मोबाइल र डेक्स्टप दुवैमा बन्द गर्न गइरहेको छ । यस फिचरलाई गूगलले मोबाइलको लागि सन् २०२१ मा सुरू गरेको थियो ।