|  

 समीक्षा यात्राको प्रतिवेदनबारे गम्भीर छलफल हुन्छ : शिशिर खनाल 

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्री डा. मुकुल ढकालले बुझाएको समीक्षा यात्राको प्रतिवेदनबारे गम्भीर छलफल हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले इलाम २ मा वैशाख १० को उपनिर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाबारे अध्ययन गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिएको बताए ।

उनले महामन्त्री ढकालको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे-नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ ।