|  

भारत भर्सेस् इंग्ल्याण्ड : गुयनामा वर्षा जारी, भारत सिधै फाइनल पुग्ने सम्भावना

१३ असार, काठमाडौं । टी-२० विश्वकपमा आज दोस्रो सेमिफाइनलमा गुयानाको प्रोभिडेन्स स्टेडियममा भारतर इंग्ल्याण्ड खेल्ने कार्यक्रम छ । खेल नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ । खेलको समयमा पनि गुयानामा वर्षाको सम्भावना ७५ प्रतिशत छ ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको छ । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ ।

उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर-८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।   तर यो महत्वपूर्ण भिडन्तमा वर्षा बाधक बन्न सक्ने छ ।

यस खेलका लागि र कुनै रिजर्भ डे छैन । यदी खेल नभएमा भारतीय टोली सुपर–८ राउण्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा थियो, त्यसैले उसले हार व्यहोर्न सक्छ । सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।