|  

काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा चालकको मृ#त्यु

१४ असार,काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ५ बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०-५० वर्षका पूर्ण दर्नाल छन्।  उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिएको छ।