|  

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच अदालतमै भेटवार्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए ।

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी भएको तर खाली नभएकाबारे छलफल गर्न दुवैबीच भेट भएको बताइएको छ । 

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच सर्वाेच्च अदालतलाई प्राप्त भइसकेको जग्गामा रहेको नेपाली सेनाका क्याभलरी लगायतका संरचना हटाउनेबारे गम्भीर कुराकानी भएको छ । 

भवन निर्माणका लागि प्रक्रिया अघि बढेकाले संरचना हटाएर सहयोग गरिदिन प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई अह्राएको बताइएको छ ।