|  

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ असार,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक / दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक / दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।