|  

पछिल्लो ६ घण्टामा मकवानपुर र सर्लाहीमा भारी वर्षा 

१४ असार,काठमाडौं । मकवानपुर र सर्लाहीमा पछिल्लो ६ घण्टामा धेरै भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा मकवानपुरको सिलिंगेमा ११२.२ मिलिमिटर र सर्लाहीको पूर्वी पथारकोटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टामा सिलिंगेमा ६९.४ मिलिमिटर र पथारकोटमा ३३.४ मिलिमिटर वर्षा मापन भएको छ ।

सिलिंगे र पथारकोटमा अहिले पनि पानी परिरहेको छ । विभागका अनुसार सिलिंगेमा एक घण्टामा ४.६ मिलिमिटर र पथारकोटमा २१ मिलिमिटर वर्षा मापन भएको छ।

१० मिलिमिटरसम्म हल्का वर्ष त्यसपछि मध्यम र ५० मिलिमिटर भन्दा बढी मापन भए भारी र १०० मिलिमिटरभन्दा माथि वर्षा भए धेरै भारी वर्षा भनिन्छ।