|  

काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने  

१४ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज) मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको छ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा काठमाडौंका निजी कलेजमा अध्ययनरत झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो।

शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ । यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो।