|  

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाः १० घाइते 

१४ असार,काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका-६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका हुन् ।

कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो । गाडीमा १० जना सवार थिए। घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन्।

सडकबाट खसेको बस रूखमा अड्किएको अवस्थामा रहेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ । दुर्घटना भएको गाडीलाई तल खस्न नदिन डोरी लगाएर रूखमा बाँधेर राखिएको छ।