|  

प्रभासको कल्कीले पहिलो दिन कमायो १८० करोड भारु

१४ असार,काठमाडौं । अभिनेता प्रभास अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ भारतीय सिनेमाको तेस्रो ठुलो ओपनर बनेको छ ।

नाग अश्विन निर्देशित फिल्मले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पहिलो दिन भारतमा करिब ९५ करोड भारु कमाएको छ । फिल्मले विश्वभर १८० करोड भारु कमाएको छ ।

कल्की २८९८ एडीले पहिलो दिन भारतीय बक्स अफिसमा ११५ करोड भारुको जति कलेक्सन गरेको छ । फिल्मले विश्वभरबाट ६५ करोड भारु कमायो ।

यसरी प्रभासको फिल्मले ओपनिङ डेमै १८० करोड भारु कमाएर कीर्तिमान बनाएको छ ।
कल्कि २८९८ एडीले केजीएफ २ सालार, लियो, साहू र जवानको रेकर्डलाई तोडेको छ ।