|  

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

१४ असार,काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेको हो । आज  छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको  छ । यता चाँदी आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।