|  

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत खस्दा ६ जना घाइते

१४ असार, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँएको छ ।

आज बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खस्दा ६ जना घाइते भएका छन् । टर्मिनलको छत मुनि रहेका ट्याक्सी र कारमा पनि क्षति पुगेको छ । छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना भएका छन्।

यसैवीच नागरिक उड्ड्यन मन्त्री के राममोहन नायडूले घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् । घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्। सुरक्षा संवेदनशीलताका कारण चेक इन काउन्टर पनि बन्द गरिएको बताइएको छ।