|  

गण्डकीका सांसद देवकोटाले पाए संसद्‌मा प्रवेश

१४ असार, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि फणीन्द्र देवकोटालाई संसद् बैठकमा प्रवेश दिइएको छ ।  बिहीबारको बैठकमा प्रवेश नपाएका उनले शुक्रबार भने प्रवेश पाएका छन् ।

 बैठकको सुरुमै सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाए । 

बिहीबारको बैठकमा सभामुख धितालले अदालतको आदेशमा आफूले अध्ययन गर्न नभ्याएको भन्दै देवकोटालाई प्रवेश निषेध गरेका थिए । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई ३२ जेठमा कारबाही गरेको थियो ।